

काठमाण्डौ । भारतले नेपाललाई मुर्रा जातका १५ वटा राँगा उपलब्ध गराउने भएको छ । नेपाललाई भारतले १५ वटा मुर्रा भैँसी नभइ राँगा दिन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको यो सहमति अहिले निक्कै चर्चाको विषय पनि बनेको छ ।
सामाजिक सञ्जालमा पनि यो सहमतिलाई आ–आफ्नै तरिकाले चर्चा गरिएको छ । तर नेपालको प्रस्ताव अनुसार भारत १५ वटा मुर्रा जातको राँगा दिन सहमत भएको हो । भारतले दिने यी राँगा दुई वर्षभन्दा कम उमेरका हुनेछन् । निक्कै चर्चा र बहस भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले यसबारे थप प्रस्ट पार्ने तयारी समेत गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार अब ती राँगा नेपाल भित्र्याउन प्रक्रिया सुरु हुनेछ । त्यसअनुसार भारतले नेपाल–भारत सीमा क्षेत्रमा ल्याइदिनेछ । त्यसपछि नेपालले ग्रहण गर्नेछ । ती राँगा अबको एकरडेढ महिनामा नेपाल भित्रिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालीन कृषि मन्त्री महेन्द्रराय यादव दिल्ली गएका बेला त्यहाँको कृषि मन्त्रालयसमक्ष भैँसी र राँगाका लागि प्रस्ताव गर्नुभएको थियो । त्यही प्रस्तावअनुसार अहिले प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको हो । आनुवंशिक स्रोतका लागि नेपालले मुर्रा जातको राँगा किन्ने प्रस्ताव गरेको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७