TRENDING

अत्यधिक गर्मीका कारण मकवानपुरका दुई पालिकामा विद्यालयहरु आज देखि एक साताका लागि बन्द

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । दुवै पालिकाका सामुदायिक तथा निजी विद्यालयहरु एक साताका लागि बिदा दिइएको हो ।

अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा गएर पढ्नका लागि समस्या भएपछी विद्यालयहरु बन्द गरिएको उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बताउनुभयो । आज देखि एक साताका लागि विद्यालय बन्द गरिए पनि पानी परेको दिनबाट फेरी अर्को सूचना निकालेर पठनपाठन सुरु गरिने मेयर लामाले बताउनुभयो ।

हेटौंडाका केही वडा कार्यालयहरु आफैले निर्णय गरेर आज देखि तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि अब भने उपमहानगरपालिका कार्यालयले ६ दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

पानी परिहालेमा भने विद्यालयहरु खोलीने तयारी पनि उपमहानगरपालिकाले गरेको छ । यसैगरी बकैयाँ गाउँपालिकाले पनि आज देखि आउँदो शुक्रबार सम्मका लागि विद्यालयहरु बन्द गरिएको हो । निकै गर्मि बढेपछी वर्षे बिदामा मिलाउनेगरी विद्यालयहरु बिदा गरिएको हो ।