

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसद्को अपमान भएको एमालेले निष्कर्ष निकालेको छ । एमाले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा मन्त्रिपरिषद् तथा राष्ट्रपतिको भूमिका नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत भएको जनाइएको छ ।
‘प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक सिफारिस गर्नु र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान हो,’ प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयको वक्तव्य नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत रहेको स्पष्ट छ ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए । ‘हाम्रो पार्टी विधेयक प्रमाणीकरणमा क्रममा गरिएको संविधानको ठाडो उल्लंघन र संसद्को विशेषाधिकारको हननको कदमको सशक्त विरोध गर्दछ,’ एमालेले भनेको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७