

काठमाडौँ । सरकारले गुलाब, कार्नेसनलगायत सजावटका फूलदेखि फलफूल, तरकारीजन्य वस्तुमा समेत मूल्य अभिवृद्धि कर भ्याट लगाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गुलाब, कार्नेसन, अर्किड, क्रियानथेम, लिली, अन्य, गुच्छा वा गुलदस्ता बनाउने वा सजावटका लागि उपयुक्त हुने फूल आयातमा भ्याट लगाएको हो ।
स्वदेशी उत्पादन खपतका लागि आयातित फूलमा थप कर बढाउन आग्रह गरेको भए पनि सरकारले मूल्य अभिवृद्धि कर लगाएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले बताए । ‘आयात हुने फूलमा भन्सार ५ प्रतिशत र कृषि सुधार शुल्क ५ प्रतिशत मात्र लाग्थ्यो ।
त्यसैले आयात निरुत्साहित गर्न कर बढाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो,’ उनले भने, ‘सरकारले आयातमा मूल्य अभिवृद्धि कर मात्रै लगाएको रहेछ, जसले गर्दा आयातित कम हुन्छ । स्वदेशीलाई फाइदा नै हुन्छ । भ्याट सीमा कटेपछि स्वदेशी पनि भ्याटको दायरामा जानुपर्ने देखियो ।’
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७