TRENDING

भ्याट फिर्ता गर्न नाट्टाको माग

काठमाडौ । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले आर्थिक वर्ष २०८०र८१ को वजेट मार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको टिकट फिर्ता गर्न माग गर्नुभएको हो ।

“विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,” अध्यक्ष थापाले भन्नुभयो ।

नाट्टाले कोरोना महामारीपछि तङ्ग्रीदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महङ्गो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महङ्गो पर्ने र यात्रुले खरीद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ । पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ ।