TRENDING
होमपेज
५०० रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेकाे छ। बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७