TRENDING

अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द

काठमाण्डौ । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ । इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिनुभयो ।

गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उहाँले बताउनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।