

काठमाडौं । एसिया कप–२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ ।
पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्ताव गरेको हो ।
सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।
‘श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ । अब यसको निर्णय एसीसीले गर्नेछ,’ सोमबार श्रीलंका क्रिकेटका अफिसियललाई उद्धृत गर्दै क्रिकबजले लेखेको छ ।
इन्डियन प्रिमियर लिग आईपीएल २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए । तर, आयोजना स्थल भने तोकिएको छैन ।
पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो । तर, भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ ।
क्रिकबजका अनुसार बीसीसीआई स्रोतले अब कि एसिया कप कोलम्बोमा हुने कि नहुने अवस्था रहेको छ ।
श्रीलंका क्रिकेट बोर्डले पनि बीसीसीआईलाई साथ दिएको छ र बीसीसीआईको अनुसार नै अगाडि बढ्ने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७