

महोत्तरी। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख भन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो।
मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुई तिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको र थप जानकारी पछि दिने बताउनुभयो। सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने काम समेत भइरहेको जनाइएको छ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७