TRENDING

धादिङमा भिरबाट लडेर आठ महिनाकी गर्भवतीसहित दुई वर्षीय छोराको मृत्यु

धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मासखर्कमा भिरबाट लडेर ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र उनका दुइ वर्षिय छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
‘श्रीमती अप्सरा ८ महिनाको गर्भवती थिइन् । म मकै गोड्न मेला गएको थिएँ । आमा छोरै भिरबाट लडेको थाहा पाएर आएँ । तर आमा छोरा कसैलाई पनि बचाउन सकिन । दुवैको ज्यान गयो,’ अप्सराकी श्रीमान उमेश चेपाङले बताउनुभयो ।
घाँस काट्न जादा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेको र भिरबाट छोरा लडेपछि ज्यान बचाउने क्रममा आमा छोराको ज्यान गएको हुन सक्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाअध्यक्ष हेमराज भुजेलले बताउनुभयो ।
करिव २ सय मिटर दुरीबाट लडेका दुइ वर्षिय साजनको घटनास्थनमै ज्यान गएको उहाँको भनाई छ । गोठालाहरुले देखेपछि अप्सराको भने उद्धार गरिएको थियो । तर मलेखु स्थित टिचिङ अस्पताल ल्याउने क्रममा बाटोमै उनको पनि ज्यान गएको वडा अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
अप्सराको पेटमा भएको शिशुको पनि ज्यान गइसकेको र शवको पोष्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।