TRENDING

दिवा खाजालाई ८ अर्ब ४५ करोड बजेट

काठमाडौ । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड विनियोजन छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुडु दिन नपाइने व्यवस्था गरेको बताउनुभयो । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्रीले बताउनुभयो ।