TRENDING

मनाइयो १६ औं गणतन्त्र दिवस

काठमाडौँ । काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी १६औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रुपमा मनाइएको हो ।