

काठमाडौ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७