TRENDING

धार्केको गणेशखोला पुलमा दुईतर्फी सडक खुल्यो

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि एकतर्फी रूपमा संचालनमा आएको सडक २६ दिनपछि आजबाट दुईतर्फी रूपमा संचालनमा आएको छ ।

पुलको मुखमा सडक भासिएर एकतर्फी बनेको सडकमा ग्यावीन जाली लगाएर दुईतर्फी खुलाइएको हो ।

सडक एकतर्फी मात्रै हुँदा दैनिक सयौं सवारी आवागमन गर्ने राजमार्गमा जाम लाग्ने गरेको थियो । मनसुन बर्षाका कारण बैशाख १८ गते दिउँसो उक्त सडक खण्ड अबरुद्ध बनेको थियोे ।