TRENDING

काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि वर्षा भइरहेको छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाण्डौसहित पूर्वी उत्तरी क्षेत्रमा पनि वर्षा हुने उहाँले बताउनुभयो । यी प्रदेशमा प्रि(मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको उहाँले बताउनुभयो ।

यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।