

काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ।
खेल राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ। पहिलो खेलमा सोमबार नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।
प्रतियोगिता अन्तर्गत मंगलबारको अर्को खेलमा भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै उज्वेकस्तान र माल्दिभ्सबीच तथा श्रीलंका र कजाकस्तान पनि प्रतिस्पर्धा हुनेछ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, उज्वेकस्तान र कजाकस्तान गरी आठ टोलीको सहभागिता छ।
समूह एमा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह बीमा श्रीलंका, माल्दिभ्स,उज्वेकिस्तान र कजाकस्तान छन् ।
प्रतिस्पर्धामा राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७