

काठमाण्डौ । डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । अघिल्लो हप्ता बुधवार डिजेलको भाउ घटेलगत्तै सरकारले लामो दुरीको भाडा घटाएको थियो । तर छोटो दुरीको भाडा भने घटाइएको छैन । लामो दुरी अर्थात् अन्तर–प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन । प्रदेश सरकार मन्त्री नियुक्त गर्ने गृहकार्यमा जुटेपछि गाडी भाडा घटाउनेबारे निर्णय गर्न ढिलाइ भएको हो । बाग्मती प्रदेश सरकारले हिजो आइतवार पूर्णता पाएपछि अब आज सोमवार, भोलि मङ्गलवारसम्म भाडा घटाउनेबारे निर्णय हुने कार्यालयले जनाएको छ । प्रदेश सरकारले ढिलाइ गर्दा व्यवसायीले यात्रुसँग पहिलेकै महँगो भाडा लिइरहेका छन् ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । अहिले गाडीवालाले घटेको भाउमा डिजेल हालेर गाडी चलाउन थाले पनि यात्रु महँगो भाडा तिर्न बाध्य छन् ।
डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०र१० र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०र१० रुपैयाँले भाउ घटाएको छ । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य लिटरमै २० रुपैयाँ घट्दा पनि सरकार र व्यवसायीले घाडा घटाउन आलटाल गर्दै आएका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७