TRENDING

कोलकाताविरुद्ध लखनउले फुटबल जर्सी लगाएर आईपीएल खेल्ने

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ ।

जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकातामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ ।

लखनउ कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान उत्रर्नेछ ।

मोहन बगान र लखनउका मालिक एउटै हुन् ।