

काठमाडौं । पछिल्लो ५ वर्षमा नेपालले भुटानसँगको व्यापारमा समेत १ खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार रूपैयाँ बराबरको घाटा बेहोरेको छ।
बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो। पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष ०७५र७६ देखि चालू आव ०७९र८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भुटानबाट १ खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ।
सोही अवधिमा नेपालबाट भुटानतर्फ निर्यात भने ५० अर्ब ७५ करोड ९२ लाख ३ हजार रूपैयाँ मूल्य बराबरको मात्र भएको छ। ५ वर्षको तथ्यांक विश्लेषण गर्दा नेपाल र भुटानबीचको व्यापारमा नेपालले निर्यातको तुलनामा ३ गुणाभन्दा धेरै मालसामान आयात गरेको देखिन्छ।
पाँचै वर्ष व्यापार घाटा
मेची भन्सार कार्यालयका अनुसार आव ०७५र७६ मा भुटानसँगको व्यापार घाटा १ अर्ब ४२ करोड ९६ लाख ५३ हजार रूपैयाँ थियो।
आव ०७६र७७ मा ९९ करोड ३२ लाख २८ हजार रूपैयाँ, आव ०७७र७८ मा ६१ करोड ४२ लाख ७३ हजार रूपैयाँ, आव ०७८र०७९ मा ९० करोड ८१ लाख ४१ हजार रूपैयाँ र आव ०७९र८० मा ७९ करोड ४५ लाख २ हजार व्यापार घाटा रहेको छ।
भुटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ। त्यसैगरी नेपालबाट भूटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ।
चालू आवको १० महिनामा भुटानबाट १ अर्ब १३ करोड ३९ लाख ३८ हजार रूपैयाँ मूल्य बराबरको जिप्सम आयात भएको छ। सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान ३ अर्ब ७० करोड ३७ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको निर्यात भएको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७