

काठमाडौं । दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने दुर्घटना जाँच आयोगको सुरक्षा सिफारिस १ जनवरी २०२४ बाट कार्यान्वयनमा आउने भएको छ ।
यसअघि यो उमेर सबै भेग र गन्तव्यमा ६५ वर्ष रहेको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले गठन गरेको जाँच आयोगले सानो धावनमार्ग भएका स्टल विमानस्थलमा जहाज उडाउने पाइलटको अधिकतम उमेर सीमा ६० वर्षमा झार्न सिफारिस गरेको थियो । सो सिफारिसको कार्यान्वयन गर्ने समय १ जनवरी २०२४ लाई तोकिएको प्राधिकरणको भनाइ छ ।
अहिले ६० वर्ष भन्दा माथिका पाइलटले आफ्नो मेडिकल रिपोर्ट रहेक ६र६ महिनामा प्राधिकरणमा बुझाउनु पर्छ । ५० देखि ६० वर्षका उमेरका पाइलटले १र१ वर्षमा यस्तो रिपोर्ट बुझाउनु पर्ने प्रावधान छ ।
प्रतिवेदन अनुसार मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजका पाइलटको उमेर ६२ वर्ष थियो । सो जहाजमा को–पाइलट कम अनुभवी भएका कारण सबै कमाण्ड पाइलटले लिएका थिए । सोहीकारण आपतकालीन अवस्थामा उचित निर्णय लिन नसकेको देखिएको छ ।
विकासबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७