TRENDING

सगरमाथा आरोहणका लागि आएकी भारतीय महिलाको लेक लागेर ज्यान गयो

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि आएकी एक भारतीय महिलाको लेक लागेर ज्यान गएको छ । लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपक श्रेष्ठका अनुसार सगरमाथा आधार शिविरमा लेक लागेर बिरामी भएपछि ज्युसलाई हिजो बुधवार हेलिकप्टरमार्फत् लुक्ला ल्याइएको थियो ।

ज्युसको लुक्लाको पासाङ ल्हामु निकोल निक्किल अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएको हो ।