

काठमाडौँ । हिम रिभर पावर लिमिटेडले प्राथमिक शेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आइपीको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी आज रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने कुल २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आइपीओ निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्काशन गर्नेछ ।
त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्रि गर्ने जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७