TRENDING
होमपेज
काठमाण्डौ उपत्यकामा वर्षा : अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना


काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पानी परेको छ । आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पहाडी जिल्लासहित तराईका एकरदुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशको मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिजो पनि दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको थियो ।
गण्डकी प्रदेशका एकरदुई ठाउँमा हिजो ठूलो वर्षासमेत भएको थियो । गएको २४ घण्टामा बाग्मती प्रदेशको नगरकोटमा ६५ मिलीमिटर, दामनमा ४२ दशमलव २ र काठमाण्डौमा २३ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७