

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ प्रतिशतले ओरालो लागेर तीन सय ४८ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता शेयर रु ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको रु पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको शेयर कारोबार भयो ।
शिवम् सिमेन्टको रु दुई करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको रु दुई करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्स््योरेन्स कम्पनीको रु एक करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको रु एक करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७