TRENDING

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।