काठमाडौ । सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । नेपाल आफैं उत्पादनमा सक्षम रहेका र कतिपय अवस्थामा नभई नहुने वस्तुको आयात ६ महिना भित्रै निरुत्साहित गर्ने गरी सरकारले राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।
केही समय अघि मन्त्रिपरिषद्बाट स्वीकृत उक्त कार्ययोजनाअनुसार बजेटबाटै सकेसम्म धेरै विषय सम्बोधनको प्रयास हुने कार्ययोजना तयार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीकाअनुसार सकेसम्म बजेटबाटै र त्यसबाट सम्बोधन नभएका विषय मन्त्रालयगत सिफारिसमा कार्यान्वयन हुँदै जानेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन र सहजीकरण हुने दाबी गरिएको कार्ययोजनाबाट पहिलो ६ महिनामा करिब ११ प्रकारका वस्तुको भन्सार महसुल वृद्धि गर्ने सरकारी योजना छ ।
विभिन्न तालुक मन्त्रालय र विभागको सिफारिस र वाणिजय मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कानुनहरुसँग नबाझिने गरी आयातमा कडाइ गर्न उपाय खोजिने कार्ययोजनामा उल्लेख छ ।
अर्थ बाणिज्यबाट थप समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८