TRENDING

शेयर बजारको ओरालो यात्रा कायमै, १८ सय १८ विन्दुमा झर्‍यो

काठमाण्डौ । शेयर बजार आज सोमवार पनि घटेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेर आठ महिनायताकै तल्लो विन्दुमा परेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त र राप्ती हाइड्रो कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।