

काठमाडौं । बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ।विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।
६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुने ऊर्जा मन्त्रालयलेले जनाएको छ। जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ।
यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबरको बिजुली नेपालले बंगलादेशमा बेच्ने सहमति भएको थियो। यसै अनुरुप गत फागुनमा भारतको राजस्थानमा भएको १० औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालको ५० मेगावाट बिजुली बंगलादेशसम्म निर्यात गर्न दिन भारतीय पक्ष सहमत भएको थियो।
यसै अनुरुप लिखु ४ को बिजुली बेच्न भारतसमक्ष नेपाल सरकारले प्रस्ताव गरेको थियो। तर यसमा अहिलेसम्म भारतले स्वीकृति दिएको छैन। पटक–पटक हुने सरकार परिवर्तनका कारण यसअघि भएका सम्झौता नेपालले कार्यान्वयनमा ल्याउन नसकेको उद्यमीहरु बताउँछन्।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७