

सौराहा। प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो।
“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार हामीले आजै ९आइतबार० पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्ने तयारी गरी रहेका छौ”, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भन्नुभयो । विभागको पत्र शनिवार मात्रै निकुञ्जलाई प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
निकुञ्जमा मातृ विहीन अवस्थामा भेटिएका पुष्पा र अञ्जलीलाई संरक्षण कोषले पाले र हुर्काएको हो । संरक्षण कोषका प्रमुख डा। बाबुराम लामिछानेका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीवाट नियन्त्रणमा लिएर पालिएको हो ।
“पुष्पा त्यस्तै एक महिना जतिको थिई, अञ्जली दुई महिना जतिकी थिइ वन क्षेत्रमा एक्लै भेटिएपछि हामीले नियन्त्रणमा लिएर यसलाई हुर्काएका हौँ”, प्रमुख डा। लामिछानेले भन्नुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७