

एजेन्सी । कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो।
कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।
टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो।
यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ।अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।
भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्।
लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ। यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७