TRENDING

भोलिदेखि मेलम्चीको पानी बन्द

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याएर काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको खानेपानी भोलिदेखि बन्द हुने भएको छ । मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि केही समयका लागि पानी बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने बताएका छन् ।

सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिएका छन् ।