TRENDING
होमपेज
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने सरकारको चेतावनी


काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न सङ्घीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयको परिपत्रमा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि सकिएपछि साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरू हुने उल्लेख छ ।
रमाना भएर नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत मन्त्रालयले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७