काठमाडौ । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ ।
“सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।”
मुख्य समाचारबाट थप समाचार
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८