TRENDING
होमपेज
धारिलो हतियार प्रहार गरि धादिङको गल्छीमा युवकको हत्या


धादिङ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर गल्छी बैरेनीका विनोद थापा मगरको गयराती हत्या भएको छ।
सामान्य विवादका कारण चक्कु प्रहार गरि घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
बुधबार राती करिब १२ बजे होटलमा सामान्य भनाभन भएको र त्यसैको विवाद चुलिएपछी होटल संचालकको छोराले चक्कु प्रहार गरेको बताइएको छ ।
छानविनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हो ।
घटनालाई लिएर अहिले गल्छि नुवाकोट त्रिशुली सडक खण्ड स्थानीय र पीडित पक्षले अवरुद्ध पारेका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७