TRENDING

कस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । शुक्रबार भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।