

काठमाण्डौ । कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो ।
यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपालीरअङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो ।
आज मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पनि सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै दिइने कार्यालयले जनाएको छ । यो विषयमा यसअघिकै व्यवस्था कायम भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताउनुभयो । उहाँले गएको वर्ष जसरी नेपालीमा मात्रै प्रश्न आएको थियो यस वर्ष पनि त्यस्तै आउने बताउनुभयो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७