

काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।
सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी नन ग्रेड आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।
यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यसै वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । यसो गर्दा गएको वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७