TRENDING

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ ।

यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य दरमा घटेको छ । समग्रमा हवाई इन्धनबाहेक अन्य सबै इन्धनको आयात घट्दो दरमा देखिएको छ । तर, मूल्य वृद्धिका कारण आयातबापत विदेशिने रकमको परिमाण भने उस्तै छ ।

नेपाल आयल निगमकाअनुसार चालु आर्थक वर्ष २०७९र८० मा इन्धनको कुल आयातको परिमाण १६।४४ प्रतिशतले घटेको छ । तर, सबै खालका खनिज इन्धन आयातका लागि खर्च हुने पैसा भने ०।४२ प्रतिशतले बढेको छ ।