

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नेपाली कांग्रेसबाट तीन मन्त्री थप गरेका छन् । जसमा कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
मन्त्री सिफारिस गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूइतर पक्षलाई पेलेरै एकलौटी निर्णय गरेका छन् । यसबाट महामन्त्री गगन थापा असन्तुष्ट देखिए पनि नेता शेखर कोइराला भने सहमत रहेको बुझिएको छ ।
कांग्रेसबाट तीन पटक गरी ८ जना मन्त्री बनेका छन् । जसमा ६ जना सभापति देउवाकै विश्वासपात्र हुन् । शेखर–गगन समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् । पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई सभापति देउवाले मन्त्री चयनमा २० प्रतिशतमा सीमित गरिदिएका छन् ।
देउवा पक्षबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ सहरी विकासमन्त्री भइसकेका हुन् भने बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा बस्नेत नियुक्त भए । नेता कोइराला पक्षबाट भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङ र युवा तथा खेलकुदमन्त्रीमा लिम्बू परे ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७