TRENDING
होमपेज
हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला


काठमाडौँ । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।
हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।
सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए । शवको सनाखत भने भएको छैन ।
अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ आएको धामीले बताए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७