TRENDING

अबको दुईरतीन घण्टामा अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास, यात्रुले गाडीमै बसेर रात बिताए

काठमाण्डौ । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुलको सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । उहाँका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उहाँले उज्यालोलाई बताउनुभयो ।

‘दुईरतीन घण्टामा सकेसम्म दुईतर्फी नभए एकतर्फी भए पनि सडक खुलाउँछौँ’, उहाँले भन्नुभयो – ‘साँघुरो ठाउँ भएकाले उपकरण र जनशक्ति भए पनि सडक खुलाउन समय लागेको हो’ भासिएको सडकमा माटो भर्ने लगायतका काम भइरहेको छ ।