TRENDING

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

सिन्धुपाल्चोक । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो