TRENDING
होमपेज
सुनचाँदीको मूल्य बढ्यो


काठमाडौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। यसअघि शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७