

काठमाडौँ । सहसचिव दिलीप भण्डारी गत साउन १२ मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको प्रमुखमा सरुवा भए । दुई महिना नहुँदै असोज ६ मा उनी फिर्ता भए । त्यसपछि सहसचिवको दरबन्दी रहने प्रमुखमा उपसचिव सुवास बस्नेतलाई पठाइयो ।
उनलाई पनि सरकारले तीन महिना २० दिनमै फिर्ता बोलायो र पुस २८ मा सहसचिव रवीन्द्र बोहरालाई पठायो । समितिमा यो उनको दोस्रो कार्यकाल हो । वाग्मती सभ्यता समिति सहरी विकास मन्त्रालयअन्तर्गत पर्छ । वाग्मती सभ्यता समितिले एसियाली विकास बैंक ९एडीबी० र सरकारी अनुदानसमेतबाट वाग्मती खोलालाई स्वच्छ र सफा राख्ने, ट्रिटमेन्ट प्लान्ट बनाउने, समग्र वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्नेलगायत शीर्षकमा बर्सेनि डेढदेखि तीन अर्ब बजेट खर्च गर्दै आएको छ ।
त्यहाँका प्रमुख समितिको सदस्य सचिव, एडीबीको प्रोजेक्ट डाइरेक्टर तथा वाग्मती आयोजनाको निर्देशकका रूपमा रहने व्यवस्था छ । तर कार्यकारी अधिकार भएका प्रमुखलाई सरकारले मनोमानी हेरफेर गर्दै आएको छ । ०७४ जेठयता मात्र समितिमा ११ प्रमुख भइसकेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७