TRENDING

देशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बाँकी भू–भागरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

यस्तै दिउँसो पछि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भइ हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।