TRENDING

राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतामाथिको मुद्दा पेसीमा

काठमाडौं । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा०का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाइ हुँदैछ ।