TRENDING

४५४ जनाले पाए सगरमाथा आरोहणको अनुमति

काठमाडौ । सगरमाथा आरोहणका लागि ४५४ जनाले अनुमति पाएका छन्।

पर्यटन विभागले ४१ टिमका ३६१ पुरुष र ९३ महिलाले अनुमति पाएको जनाएको हो। वसन्त ऋतुमा एक हजार ९ जनाले आरोहणका लागि अनुमति पाएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोस्रोमा अमादब्लाम हिमाल आरोहीको रोजाइमा परेको छ।

उनीहरुले २३ वटा हिमाल आरोहणका लागि अनुमति पाएका छन्। विभागले ७१ करोड ८१ लाख रुपैयाँ आरोहीबाट राजस्व उठाएको छ।