

चितवन । चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम गरे ।
तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए । कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आयो ।
दुई पालिकाको अन्तिम मत परिणाम आउँदा लामिछाने एक्लैलाई ७२ प्रतिशत मत गएको छ । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुने छ । मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी हुँदै गर्दा ५९ प्रतिशतको हाराहारीमा मत ल्याएका थिए ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७