

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा जारी मतगणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ७२९३ मत ल्याउँदै अग्रस्थानमा छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले भने २१३४ मत प्राप्त गरेका छन् ।
जस अनुसार कांग्रेसका उम्मेदवार भट्टराई र एमालेका उम्मेदवार खनालले हालसम्म प्राप्त गरेको मतको योगफल ५३६८ भन्दा धेरै रास्वपाका उम्मेदवार वाग्लेले प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार हाल भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको मतगणना भइरहेको छ । सोमबार बिहानदेखि मतगणना सुरु गरिएकोमा पछिल्लफ परिणाम अनुसार रास्वपाका वाग्लेले अछिन्दै आएका छन् ।
तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।
२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ १ मा करिब ५२ प्रतिशत मत खसेको छ । विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ १ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७