

काठमाण्डौ । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक महिलालाई आक्रमण गरी बेपत्ता बनाएको पाटेबाघलाई समातिएको छ ।
बाघको आक्रमणबाट हिजो बेलौरी–८ पचुँइकी गङ्गादेवी चन्द बेपत्ता हुनुभएको छ । प्राविधिक टोलीले झण्डै २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । बेपत्ता महिलाको खोजी भइरहेको छ ।
चन्दसहित स्थानीय महिला हिजो दिउँसो घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । घटनाबारे स्थानीयले प्रहरीमा खबर गरेपछि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली खटिएको थियो । टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर बाघ नियन्त्रणमा लिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७